काठमाडौ,१२ साउन । परदेशी लोक तथा दोहोरी गायक प्रकाश बिसीको स्वरमा रहेको `भर हुदैन भदौरे पानीको´ बोलको टिपिकल तीज गीत सार्बजनिक भएको छ ।
भूगोलीक हिसाबले निकै दुर्गम मान्निने दाङ शान्तिनगर 3 बस्तिखोलामा जन्मिएका गायक प्रकाश बि सी विगत केही वर्ष देखि भारतको गोवामा बस्दै आएका छन् । आफूलाई सानो बच्चापनदेखि नै गीत संगीतमा निकै रुचि भएको बताउने बि सिले परदेश बाट धेरै गीत संगीत बजारमा ल्याइसकेला छन् ।
अहिले भन्ने पछिल्लो समयकी निकै सर्वप्रिय चर्चित गायिका सुनिता बुढा क्षेत्री र आफ्नो आवाजमा `भर हुदैन भदौरे पानीको´ टिपिकल तीग गित सार्बजनिक गरेका हुन् ।
Milan Films Production युट्युब च्यानलबाट सार्वजनिक भएको `भर हुदैन भदौरे पानीको´ बोलको उक्त गीतमा जय किशन बस्नेत , कमला घिमिरे , प्रकाश गिरी , निशा राई लगायतको अभिनय रहेको छ भने शब्द बिरेन दंगाली र लय कैलाश केसीले भरेका छन ।
परेश बाटै धेरै चर्चित गीतहरू पैतलु सारेर , पिरती लाईहालम , ठिटो हूँ म दाङ शान्तिनगरको , दाङ घोराही बजार सल्लेरीको बन् लगायत थुप्रै गीत बजारमा ल्याईसकेका गायक प्रकाश बि सी ले यो बर्ष पनि अत्यन्तै राम्रो टिपिकल तीज गीत बजारमा ल्याएका छन् ।