२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

तोलामा १ हजार रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौ,१३ साउन । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा १ हजार रुपैयाँले मूल्य बढेको जनाएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ३० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस