२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

तुलसीपुर चेम्बरको अध्यक्षमा भण्डारी

दाङ,१३ साउन । तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारी चयन भएका हुन । नव गठित समितिको उपाध्यक्षमा सन्तोष खडका, मञ्जित पुन, महासचिव दुर्गा प्रसाद शर्मा, कोषाध्यक्षमा लाेकेन्द्र वली, सचिव सनोद थापा र सहकोषाध्यक्षमा देवबहादुर पाण्डे रहेका छन ।

त्यसैगरी सदस्यहरूमा गणेश कुमार न्युरे,, तस्बर अली, रमेश बुढाथोकी, भिमी डाँगी, विनोद पन्त, चक्र नेपाली, दरिभान डाँगी, भीमबहादुर केसी र जोगेन्द्र नेपाली रहेका छन । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको छलफल पछि भण्डारीको नेतृत्वमा सहमति चयन भएको हो ।

शनिबार चेम्बरको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवसेनबाट सर्वसम्मत रुपमा समिति चयन हुन नसकेपछि आइतबार बसेको तीनदलीय समितिले टुङ्गो लगाएको हो । 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस