दाङ, १४ साउन । शान्तिनगर गाउँपालिका ५ रगैजामा विद्युत फ्युज सेवा सुरु भएको छ । सोमबार नेपाल विद्युत प्राधिकरण तुल्सीपुर वितरण केन्द्रको रगैजामा फ्युज सेवाको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गरेका थिए । बितरण केन्द्रका प्रमुख शिवनारायण गोसरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यो सेवाले शान्तिनगरका वडा ५,६,७ लाई मात्र नभइ बबई गाउँपालिका केही वडा र दंगीशरण गाउँपालिका केही वडाहरूलाई सहज हुने बताए ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा वडा नं ५ का वडा अध्यक्ष ओपेन्द्र बहादुर रावत, वडा नं ६ का वडा अध्यक्ष शेर बहादुर भण्डारी, वडा नं ७ का वडा अध्यक्ष ताराबहादुर ओली वडा नं. ५ पूर्व वडा अध्यक्ष गिरिराज बस्नेत लगायतले बोल्नु भएको थियो । सेवा केन्द्रको लागि पूर्ववडाध्यक्ष बस्नेतले जग्गा समेत दिएका छन् । केही समय बस्नेतकै घरको सटर कोठाबाट सेवा दिने र चाँडै नै आफ्नै भवन निर्माणको लागि प्रक्रिया अगाडि बढाउने केन्द्रका प्रमुख गोसरीले बताए ।