
दाङ, १७ साउन । दाङको तुलसीपुरमा घरको सिडीबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब साढे ७ बजेतिर घरको सिडिबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ३ घरभइ हाल १ महिना अगाडिदेखि तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाइन स्थित कोठा भाडामा बस्ने चन्द्रवीर परियारकी श्रीमती ४२ वर्षिया तिला परियार रहेकी छिन् ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको मेडिकल कलेज कोहलपुर पुर्याए लगतै बिहान साढे ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार