२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

अटोसहित खोलाले बगाएकी सीता आले मृत फेला

दाङ, १९ साउन । दाङको तुलसीपुरमा खोलाले बगाउदा वेपत्ता भएका दुईजना मध्य एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ बर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन । उनका अनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जादै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो ।

सोही अटोमा रहेका ५ जना मध्य अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भएपनी सितासहित दुईजनालाई खोलाले बगाएको थियो । उनको शव बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । सोह िघटनामा वेपत्ता रहेकी सुर्खेत घर भई अहिले सोही ठाउँमा बस्दे आएकी १६ बर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस