२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

साउन २५ देखि भदौ २ गतेसम्म झुला महोत्सव तथा दिब्य महा आरती ज्ञान महायज्ञ संचालन हुने

दाङ, २२ साउन । तुलसीपुर ६ रजौराको प्रसिद्ध बैंकटेस श्री लक्ष्मीनारायण मन्दिर मा यहि साउन २५ गतेदेखि भदौ २ गतेसम्म श्री झुला महोत्सव तथा दिब्य महा आरती ज्ञान महायज्ञ संचालन हुने भएको छ । मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मुल आयोजक समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि ९ दिन सम्म श्री झुला महोत्सव तथा दिब्य महा आरती ज्ञान महायज्ञ संचालन हुने भिइरहेको तयारी बारेमा जानकारी दिएका हुन ।

मन्दिर व्यवस्थापन समितिका महायज्ञ मुल आयोजक समितिका संयोजक श्री खगेद्र राज बश्याल को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञ तथा महाआरतीको तयारीको बारेमा जानकारी दिएका थिए । महायज्ञ तथा महाआरतीलाई भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको छ । श्री शिव महापुराण ज्ञान् महायज्ञ झुला तथा महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन गरिने अध्यक्ष श्री नेपाल कै पहिलो स्वामी केशवाचार्य सुर्यपाकि ज्यु ले जानकारी दिएका छन । साउनको २५ गतेदेखि भदौ २ गतेसम्म दैनिक । बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म,पुजा आरधना , दिउसो १ देखि ४ बजेसम्म संगीतमय कथा प्रवचन , अपरान्ह ४ बजेदेखि साढे ६ बजेसम्म झुला महोत्सव साझ ६:४५ बजेदेखि माह आरती पस्चात प्रसाद वितरण भदौ ३ गते अपरान्ह ४ देखि ७:वजे सम्म झुलाका साथ कार्यक्रम समापन व्यवस्थापन समितिका सचिव श्री भोज प्रसाद भण्डारी ले जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा महायज्ञ संचालन श्री नेपाल कै पहिलो स्वामी    केशवाचार्य (सुर्यपाकि ज्यु ले महायज्ञ तथा महाआरती संचालन र सफलताका लागि तन, मन र धन सहयोग गर्न सबैमा अपिल गरेका छन ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस