२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

दाङ, २३ साउन । दाङको तुलसिपुरमा खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे आयोजनामा अरनिको खेल मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता आउदो भदौ १३ गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लाका १५ बढी टिमको सहभागिता रहने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिएका छन । 

३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने यरिले बताएका हुन ।

त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर र वेष्ट लिब्रो लाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैबीच आयोजक फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरले प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएकोछ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस