२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

तोलामा ३ सयले बढ्यो सुनको भाउ

काठमाडौ, २४ साउन । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस बिहीबारका लागि भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १७१० रुपैयाँ रहेको चाँदी आज १६९० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस