२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

एन आई सी एशिया बैंकद्वारा दाङका बिकको परिवारलाई दुर्घटना बीमा वापत  १० लाख हस्तान्तरण

दाङ, २५ साउन । एन आई सी एशिया बैंकले दुर्घटनामा परि ज्यान गुमाएका एक परिवारलाई दुर्घटना बिमा वाफत १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । दङ्गिशरण गाउँपालिकाका तारा प्रसाद बिकको परिवारलाई दुर्घटना बीमा वापत  १० लाख हस्तान्तरण गरिएको एन आई सी एशिया बैंक घोराहीका शाखा प्रबन्धक प्रबिण आचार्यले जानकारी दिए । 

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ताराको परिवारलाई राहतस्वरुप दुर्घटना बीमा वापतको सो रकम उपलब्ध गराएको उनले बताए ।

दङ्गिशरण गाउँपालिका, वडा नम्बर १ स्थायी घर भई राजपुर गाँउपालिकामा कार्यरत रही बैँकको जङ्ग्रहवा शाखा कार्यालयमा सर्वश्रेष्ठ तलब बचत खाता खोलेका मृतक बिकको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती निर्मला बिकलाई बैंकका लुम्बिनी प्रदेश नेपालगञ्ज, कर्णाली  सुदुरपश्चिम प्रदेश असिस्टेण्ड पिएई मनोहर ठगुराठीले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । मृतक बिकको नाममा खोलिएको सर्वश्रेष्ठ तलब बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो । 

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकाल देखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र  गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बैंकले बुझाएको थियो । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।  ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस