२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

लायन्स क्लब अफ तुलसीपुर ईशानको अध्यक्षमा रेग्मी

दाङ, २६ साउन । लायन्स क्लब अफ तुलसीपुर ईशानको अध्यक्ष रमेश रेग्मी भएका छन् । शनिबार क्लबका वर्ष २०२३/ २०२४ का अध्यक्ष ऋषि भण्डारीले वर्ष २०२४ /  २०२५ का अध्यक्ष रेग्मीलाई एक कार्यक्रम गरी  पद हस्तान्तरण गरेका थिए । वर्ष २०२४ /  २०२५ का पदाधिकारीलाई लायन्स इनटरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रिक्ट पगर्भनर पिएमजेएफ बिनोद कुमार श्रेष्ठले अध्यक्ष रेग्मीसहित प्रथम उपाध्यक्ष सुनिल खनाल, द्वितीय उपाध्यक्ष दीपक केसी, सह उपाध्यक्ष केशवराज न्यौपाने, सचिव बिक्रम केसी, कोषाध्यक्ष लक्ष्मण खरेल लगायतका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले क्लबले समाजका विविध विधामा रहेर सामाजिक क्रियाकलाप गरिरहेको बताए । उनले प्राकृतिक प्रकोप, महामारी, बढी पहिरो लगायत असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको बताए ।

 यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका  ७ का  वडा अध्यक्ष राम बहादुर जिसीले सामाजिक काममा सबैको सहकार्य आवश्यक रहेको र यसमा क्लबले विभिन्न सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पिछडिएका वर्ग तथा अशक्तहरूको सहयोगमा  क्लबले निरन्तर काम गरिरहेकोमा धन्यवाद ज्ञापन गरेका थिए । यस्तै ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंहले लायन्स इनटरनेशनल  डिस्ट्रिक्ट ३२५ एनका डिस्ट्रिक्ट गर्भनर एमजेएफ मुकुट ढकाल, लायन्स इनटरनेशनल डिष्ट्रिट ३२५ एनका ज्ञानेन्द्र कुमार श्रेष्ठ, टिकाराम चपाई लगायतले मन्तव्य राखेका थिए । क्लबले विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

क्लबले आँखा उपचारमा महत्वपूर्ण योगदान गरेको भन्दै राप्ती आँखा अस्पताल, सडक आश्रित मानवको उद्धार र संरक्षणमा योगदान गरेको भन्दै मानव सेवा आश्रम, सर्पको उद्धार तथा संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै सर्प उद्धारकर्ता प्रभात भण्डारी, विभिन्न सामाजिक कार्यमा सहयोग गरेको भन्दै कमल घर्ती लगायतलाई सम्मान गरेको हो । यस्तै उत्कृष्ट कार्य गर्ने केशवराज न्यौपाने लायन्स अफ द ईशानद्वारा सम्मानित भएका थिए । त्यस अवसरमा वर्ष २०२४ / २०२५ का अध्यक्ष  रेग्मीले आफ्नो कार्यकालमा गरिने कामका ८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।

उनले विकट तथा पहुँच नपुगेका क्षेत्रमा स्वास्थ्य शिविर, लागूपदार्थ दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतना , मानव सेवा आश्रम , वृद्धाश्रम र अनाथालय, असहाय विपन्न वर्गको क्षेत्रमा, बालबालिका, वातावरण संरक्षण, वृक्षारोपण लगायतका कार्यहरू गरिने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले कुनै पनि विपदको बेला आपतकालीन अवस्थामा पनि सहयोग गर्ने, असहाय, अपाङ्गता भएकाहरूका क्षेत्रमा कार्य गरिने प्रतिवद्धता व्यक्त गरे । क्लबका प्रथम उपाध्यक्ष सुनिल कुमार खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दीपक केसी र बिक्रम बावु केसीले गरेका थिए । 

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस