२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

रुन्टिगढी अँध्यारो मुक बन्दै, एकैपटक ३२०० पोल सहित बिधुत्तिय सामाग्री प्रस्थान

रोल्पा, ३० भदौ । रोल्पाको रुन्टीगढी गाउँपालिकाका लागि ३२०० साना ठुला पोल संगै विद्युतीय सामग्री प्रस्थान गरिएको छ । सिचाइले पनि गति ल्याउने अध्यक्ष जनक पुनले बताएका छन ।

स्थानीय सरकार गठन भएयता हालै रोल्पाको रुन्टिगढी गाउँपालिकामा हाल सम्मकै उच्च संख्यामा करिव ३२०० विधुत्तिय पोल सहित सामाग्री पठाएको बताइएको छ ।

रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको पहल र उर्जा तथा जलस्रोत सिचाइ मन्त्री दिपक खड्काको विशेष सहयोगमा ६  ट्रक अनुमानित ३२०० पोल बिरगंज बाट रुन्टिगढी पठाइएको हो । 

गाउँपालिका भित्र अँध्यारो मुक्त घोषणा गर्न आफू निरन्तर लागि परेको र तत्काल आएका पोल र सामाग्री वितरण गर्ने तथा थप आवश्यक विधुत्तिय पोल र सामाग्रीका लागि पहल गरि यस बर्ष भित्रै पुरै विधुत्तिकरण गरि अँध्यारो मुक्त गाउँपालिका घोषणा गर्ने अध्यक्ष पुनले बताएका छन ।

रुन्टिगढीमा कयौं बर्ष देखी हुन नसकेका र रोकिएका काम भैरहेको साथै काम चुस्त बनाएको बताउदै सिचाईले पनि छिटै गति ल्याउने गरि काम भैरहेको छ । हाल सम्म एकैपटक रुन्टिगढी गाउँपालिकामा एकैपटक यसरी विधुत्तिय पोल पठाएको भने यो पहिलोपटक हो । जिल्ला विधुत्त प्राधिकरण रोल्पाका अनुसार २०७४ साल यता एकैपटक रुन्टिगढीमा HT-800 वटा 11meter मेन लाईनमा पठाएको र LT -1600 – 8 Meter शाखा पोल पठाएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस