२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

सल्यानमा तरुवाल प्रहारबाट दुईजना घाइते

सल्यान, ५ असोज । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ । सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–आफ्नो काउन्टर अघि गाडी रोक्ने विषयमा शनिबार बिहान विवाद हुँदा एक पक्षले तरवार प्रहार गरेको छ ।

काउन्टर अगाडि गाडी रोक्ने विषयमा विवाद हुँदा शारदा यातायात प्रालिका इन्चार्ज सल्यान शारदा नगरपालिका १ का २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाईछिपाई ल्याएको तरवार प्रहार गर्दा सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । डाँगीले प्रतिकार गर्दा कुँवर पनि घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते डाँगीको दाँया हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । यस्तै कुँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस