२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

झन्डै २१ करोडमा बनेकाे झोलुङ्गे पुलकाे उद्‌घाटन

दाङ, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुङ्गे पुलेको उद्‌घाटन गरेका छन । नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका –५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपती पौडेलले उद्घाटन गरेका हुन । साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ति समेत शुभारम्भ गरिएको छ । 

नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आयोजना गरेकाे कार्यक्रममा  कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे । झोलुङ्गे पुलले सुस्ता गाउँपालिका –५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । 

सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च वहाव हुँदा नदि तर्न जोखिमपूर्ण हुने गरेको थियो ।डुङ्गा दुर्घटना हुँदा मानवीय क्षति समेत ब्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र बायाँ किनारमा सुस्ता पर्दछ । 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस