२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

दाङ भ्यालीको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम घोराहीमा

दाङ, १६ असोज । दाङ भ्याली यातायात प्रा.लिको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङको घोराहीमा अयोजित कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्योपानेकोले तिन पाङ्ग्रे अटो टेम्पोले धेरै रोजगारी श्रृजना गरेको र यस्को समरक्षणमा कुनै पनि नितीगत समस्या भए सुधार गर्ने प्रतिबद्धता जनाएका हुन । राज्यले दोहोरो करका मार नपर्ने गरी ब्यवसायीलाई सहजिकरण गर्नुपर्ने उनको भनाई थियो । 

यस्तै दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष बेत प्रकाश वलीले ब्यवसायी बिचमा भएका समस्याहरुलाई राखेका थिए । दोहोरो कर अन्त्य हुनुपर्ने, अन्तरपालिका बाटो ईजाजत दिनुपर्ने, अस्थाई बाटो ईजाजत पटकेको ब्यवस्था गरिनुपर्ने लगाएतका समस्या रहेको हुदाँ समाधानका लागि पहल गरिदिन उनले आग्रह गरेका थिए । 

कार्यक्रममा स्थापनाकाल देखि संस्थामा आबद्ध रहेका उत्कृष्ठ ६ जना चालकरहरुलाई र स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने १४ जनालाई सम्मान पत्रले सम्मानित गरिएको थियो । 

यस्तै कार्यक्रममा घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरमा अटो टेम्पोको संख्या धेरै हुदाँ समस्या भएको बताएका थिए । उनले अटो टेम्पो सञ्चालन स्थानिय सरकारको एकल अधिकार भित्र पर्ने भएकाले कानुन बनाएर यस्को ब्यवस्थापनमा लाग्ने बताएका थिए । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, उद्योग बाणिज्य संघ दाङका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक लोकराज पराजुली शुभकामना मन्तब्य राखेका थिए ।  

कार्यक्रममा भर्खरै जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रशाद तिमिल्सिनालाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले अटो टेम्पोका चालकहरुलाई प्रशिक्षण गरिएको थियो । दाङ भ्याली यातायात प्रा.लिका घोराही शाखा संयोजक बलजित दमाईको स्वागत मन्तब्यबाट सुरु भएको कार्याक्रमको सहजिकरण संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले गरेका थिए । 

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस