२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

बडादशैँको दोस्रो दिन आज

दाङ, १८ असोज । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन् । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ । नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस