दाङ, १८ असोज । नेपालीहरुका महान चाडपर्वहरु नजिकिदै गर्दा प्रहरीले सचेतना कार्यक्रमहरुलाई तिब्रता दिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ पश्चिम दाङको रजैचामा इलाका प्रहरी कार्यालय खिलतपुरको आयोजनामा सवारी चालकहरुलाई सचेतना अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक खिम बहादुर खड्काले मानबिय कारणले हुने सवारी दुर्घटना कम गर्न सकिने हुदाँ चालकहरुलाई सचेत भई सवारी चलाउन अनुरोध गरेका छन । चाडपर्वमा बढी भिडभाड हुने र चालकहरुबिच तिब्र प्रतिसप्रर्धा हुने हुदाँ दुर्घटना बढ्ने गरेको उनको भनाई थियो ।
यस्तै शान्तिनगरपालिका गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष ओपेन्द्र बहादुर रावतले दुर्घटना न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन ।
यस्तै अस्थाई ट्राफिक प्रहरी पोष्ट खिलतपुरका ईन्चार्ज प्रहरी सहायक हवलदार पुर्ण केसीले सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष बेत प्रकाश वली र सार्वजनिक मालिका कालिका यातायात प्रा.लिका उपाध्यक्ष होम परियारले शुभकामना मन्तब्य राखेका थिए । समुदाय प्रहरी साझेदारी अन्तर्गत आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधी, प्रहरी कर्मचारीहरु,ट्राफिक प्रहरी, पत्रकार लागाएत सवारी चालकहरुको सहभागिता रहेको थियो ।