२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

“प्रथम त्रिवेणि कृषि, व्यापार, पर्यटन, तथा वृहत सास्कृतीक महोत्सव” को उद्घाटन मन्त्री सीता शर्मा चौधरीले गर्ने

दाङ, २८ असोज । रोल्पाको लिङदुङमा संचालन हुन लागेको “प्रथम त्रिवेणि कृषि, व्यापार, पर्यटन, तथा वृहत सास्कृतीक महोत्सव” को उद्घाटन लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता शर्मा चौधरीले गर्ने भएकी छन । सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा असोज २९ गते देखि कात्तिक १० गते सम्म संचालन हुन गैरहेको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको र उद्घाटन भोलि दिउँसो १:०० बजे मन्त्री शर्माले गर्ने भएकी छन ।

`आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका साथमा महोत्सवको आयोजना गरिएको क्लबका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अर्जुन वलिले जानकारी दिएका छन । स्थानीय धान खुमल चारको प्रचारप्रसारका लागि महोत्सव उद्घाटनमा अतिथिहरुलाई खुमल चार धानको खिर खुवाउने समेत तयारी गरिएको संयोजक वलिले जानकारी दिएका छन ।

दिउँसो १:०० बजे उद्घाटन हुने महोत्सवमा प्रदेश खेलकुद समितिका सदस्य सचीव तिरन गौतमको समेत विशिष्ट अथितीका रुपमा उपस्तित हुने महोत्सव व्यवस्थापक प्रकाश घर्ती मगरले जानकारी दिएका छन । घर्तिका अनुसार उद्घाटन समारोहमा त्रिवेणी गा.पा., रूण्टिगडि गा.पा.,माडि गा.पा., सुकिदह गा.पा. का, र छिमेकी प्रदेश कर्णाली प्रदेश अन्तर्गत कपुरकोट गा.पा. र छत्रेश्वरी गा.पा.साथै प्रदेश अन्तर्गत कपुरकोट गा.पा. र छत्रेश्वरी गा.पा. साथै प्रदेश न. ५ र ६ का सम्पुर्ण राजनितिकदलहरु, जनप्रतिनिधिहरु, ,बुद्धिजीवीहरु, सुरक्षाकर्मी, मिडियाकर्मि र आम दर्शकहरु लाई समेत उपस्तिथिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस