२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

नेपाल तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशको पाचौँ साधारणसभा सम्पन्न

दाङ, १२ कार्तिक । नेपाल तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशको पाचौँ साधारणसभा सोमबार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष विमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरण गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गौतमले देश विदेशमा खेलकुद क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । 

उनले राज्यले खेलाडीहरूलाई उचित संरक्षण र प्रवर्द्धन गर्न नसकेको भन्दै खेल क्षेत्रमा लगानी गर्न राज्यलाई आग्रह गरे । आफू प्रदेशको खेलक्षेत्रलाई अन्तराष्ट्रिय जगतमा शसक्त प्रतिनिधित्व गराउन लागिपरेको बताए । कार्यक्रममा तेक्वान्दो सङ्घका केन्द्रिय सदस्य हेमन्त डाँगी ,लुम्बिनी प्रदेश कराते महासङ्घका अध्यक्ष पदम बस्नेत, तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वीर बहादुर रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशका महासचिव बिनिल केसीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहन सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस