२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

तुलसीपुरमा भोलि देखि खुला पुरुष कवड्डी प्रतियोगिता हुने

दाङ, ९ मंसिर । तुलसीपुरमा खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । युथ स्पोट्स एकाडेमीको आयोजनामा तुलसीपुर स्थित अरनिको मैदानमा मंसिर १० र ११ गते खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ स्पोट्सका सचिव भानु घर्तीले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम स्थान हाँसिल टिमले खसी, कप, र मेडल प्राप्त गर्ने छ भने दोस्रो स्थान हाँसिल गर्ने टीमले भाले, कप र मेडल प्राप्त गर्ने घर्तीले बताएका छन । 

सर्खेतमा हुने दशौं राष्ट्रिय खुला कबड्डी प्रतियोगितालाई लाक्षित गरी तुलसीपुरमा कबड्डी प्रतियोगिताको आयोजना गरिएको एकाडेमीका अध्यक्ष सुजन थापाले जानकारी दिएका छन । थापाका अनुसार उक्त प्रतियोगितामा ८ वटा टिम सहभागि हुने छन् । प्रतियोगितामा भायनेट कम्युनिकेशन लि. तुलसीपुर शाखाका प्रमुख विकास बस्यालको सहयोग रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस