२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

घोराही तुलसीपुर सडक बन्द

दाङ, १७ मंसिर । घोराही–तुलसीपुर सडकखण्ड बन्द भएको छ । शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिय ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमवार दिउसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् । 

चालक लापरवाहीका कारण सार्वजानिक यातायात दुुर्घटनामा भएको  र यातायात व्यवसायीहरु लापरवाहीका कारण घाईते रोकायको उपचारका क्रममा मृत्युुभएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेका हुन । पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको पीडित मृतकका श्रीमन बहादुर रोकाय (शिखर)ले बताएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस