दाङ, ५ पौष । दाङमा दुई जनामाथि ग्रासी प्रहार भएको छ । विहीबार राति १० बजतिर तुलसीपुर १८ विजौरीको प्रचण्ड किराना पसलमा सामान किन्न गएका दुई जना माथि ग्रासी प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तीन जना ब्यक्तीले किराना पसलमा सामान किनिरहेका तुलसीपुर ७ निवासी ३० बर्षीय सुरेश रसाइली र सोही ठाउँका २८ बर्षीय सुरज पुन माथि मासु काट्ने ग्रासी प्रहार गरेका हुन् ।
रसाईलीको बाँया कान निर गम्भीर चोट लागेको छ, भने पुनको बाँया हात फ्याक्चर छ । घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नर्सिङ होम बाँके लगिएको छ ।
उनीहरुलाई विजौरी निवासी २८ बर्षीय प्रकाश चौधरी, करिब ३० बर्षीय सन्दिप चौधरी र सोही ठाउँका ३० बर्षीय रेशम चौधरीले एक्कासी ग्रासी प्रहार गरेका हुन् । ग्रासी प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको छ ।