२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

सुनिता र गगन कोे स्वरमा ‘तिम्रो मायामा अन्धो भएछु’ सार्वजनिक

दाङ, १८ पुष । सल्यान स्थायी घर भई दाङमा कर्मथलो बनाएका गनेश डाँगी (गगन) ले ‘तिम्रो मायामा अन्धो भएछु’ गित सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी (गगन)को नयाँ सांगीतिक कोसेली ‘तिम्रो मायामा अन्धो भएछु’ सार्वजनिक गरिएको हो । गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाँगी (गगन) नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गगन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन् । गीतमा गगनकै लय शब्द रहेको छ । दाङ सल्यान र रोल्पाको विभिन्न रमणिय ठाउँमा छायांकन गरेको गीतमा गायक स्वयं गणेश र बिमला थापा मगरको अभिनय रहेको छ । गीतमा निर्देशन गायक आफैले गरेका छन् भने कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् ।क्यामरा र ड्रोन मित्रबाबुले चलाएका हुन् भने व्यवस्थापनको रुपमा सरोज रेग्मीले सहयोग गरेका हुन् ।

गीतको रेकर्ड मालिका स्टुडियो काठमाडौँमा गरिएको हो । पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ। गीतमा रिदम मेघराज लुङ्गेली र बाँसुरीमा गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका हुन् । गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया पार्टनरमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस