२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

बालबालिकालाई पोसिलो आहारा वितरण

दाङ, १७ माघ । तुलसीपुर उपमहानगरपालिका  वडा न. १३ मा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को सहकार्यमा पोसिलो आहारा बितरण कार्यक्रम सम्पन्न गरिएको हो । 

२ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाइ उक्त पोषण युक्त सामाग्री गरिए को थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा न. १३ का स्वास्थ्य चौकी इन्चार्ज यज्ञ बहादुर डाँगीले उक्त कार्यक्रम तथा पोसिलो आहाराको महत्त्वको बारेमा उपस्थिति सम्पुर्ण  बालबालिकाका आमाहरुलाई प्रष्ट पारेका थिए । साथै  उहाले स्थानीय सरकारले गर्नु पर्ने काम एउटा संस्था आएर गरेको भन्दै उच्च मुल्यांकनका साथ धन्यवाद समेत प्रदान गरेका थिए । 

सो अवसरमा स्वास्थ्य स्वयंसेविका बुद्धी वालिका बस्नेतले पनि आफुहरु यस्ता काममा सधै लागिपर्ने भएकाले सधै यस्तै किसिमका सहयोग गरिरहन अनुरोध गरेकी छन । आफू यश वडाको स्वस्थ्य स्वयंसेविका भएको नाताले उक्त आहारा कसरी सहि तरिकाले आफ्नो बालबालिकालाई खुवाउने कसरी अन्य पोसिलो खाना बनाउने, पकाउने र कति मात्रामा खुवाने भनेर जानकारी समेत गराएकी थिइन भने केही समस्या जति बेला पनि आफू संग निर्धक्क संग भन्न समेत अनुरोध गरेकी थिइन ।

उक्त कार्यक्रममा  संस्थाको तर्फ बाट  संस्थाका कोषाध्यक्ष प्रकाश के.सी. त्यस्तै  कर्मचारी आशिष कार्कीले आ-आफ्नो महत्त्वपूर्ण सुझाब तथा भनाइहरु राख्नु भएको थियो भने उक्त कार्यक्रमको सन्चालन  संस्थाकि महासचिव केउलापति चौधरीले गरेकि हुन ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस