२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

हिंसा पीडित महिलालाई न्यानो कपडा वितरण

दाङ, १८ माघ । तुलसीपुर उपमहानगरपालिका –६ नम्बर वडाले हिंसा पीडित महिलाहरूलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ४६ जना महिलाई सुइटर र सल वितरण गरिएको वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले जानकारी दिएका हुन ।

आर्थिक रुपमा विपन्न तथा हिंसा पीडित महिलाहरूलाई चिसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । १९ वटा वडा मध्य हिंसा पीडित महिलाको पहिचान गरेर न्यानो कपडा वितरण गर्ने ६ नम्बर वडा पहिलो वडा हो । पीडित महिलाका लागि ठूलो राहत नभएपनि उनिहरूसँगको दुःखसुखमा वडा कार्यालय सँगै छ भन्ने कुराको महसुस बनाउन यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष भण्डारीले बताएका हुन । 

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस