२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

चलचित्र ‘एक्टर टेक वन’, दर्शकको प्रतिक्रियाले उत्साहित छु : अभिनेता खड्का

दाङ, २२ माघ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा चलचित्र ‘एक्टर टेक वन’ का कलाकारहरूसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । भिएफएस सिनेमाज, नारायपुरमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी र निर्माता थम्मन कुमार भण्डारीलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रम बाेल्दै अभिनेता प्रदीप खड्काले चलचित्र हेरी दर्शकहरूले प्रतिक्रिया दिन आग्रह गरे । उनले भने सकारात्मक प्रतिक्रिया पाइरहेको छु। यसले मलाई उत्साहित बनाएको छ । आम दर्शकको प्रतिक्रियाले चलचित्र उद्योगमा अझै राम्रो चलचित्रहरू गर्ने आफूमा उर्जा थपेको बताए । त्यस्तै अभिनेत्री दिव्या रायमाझीले आफ्नो पहिलो चलचित्रको काम हेरेर आम दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले अझै आफूले राम्रो काम गर्नुपर्ने चुनौती थपिएको बताइन् । साक्षात्कार कार्यक्रममा कलाकारहरूले चलचित्रको अनुभव, छायांकन प्रक्रियाका चुनौतीहरू र नेपाली फिल्म उद्योगको सम्भावनाका विषयमा चर्चा गरेका थिए । 

चलचित्र एक्टर टेक वन यतिबेला देशभरि प्रदर्शन भइरहेको छ । र आम दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार दीपक कुमालले नेपाली चलचित्र उद्योगका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भुपेश वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस