२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

तुलसीपुरमा चार बालिका सम्पर्क बिहिन खोजी कार्य गरिदिन परिवारको आग्रह

दाङ, २६ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गणेश टोलकि चार बालिका हिजो देखी सम्पर्क बिहिन भएको भन्दै परिवारले खोजी कार्य गरिदिन अपिल गरेको छ ।

गणेश टोलकी बर्ष १३ कि आकृति नेपाली ,  बर्ष १४ कि कोपिला नेपाली , बर्ष १४ कि लक्ष्मी नेपाली र बर्ष १४ कि सुस्मिता नेपाली हिजो दिउँसो ३ बजेको समयमा घर देखि कपडा धुन पातुखोला जान्छौं भनी निस्केको र अहिले सम्म सम्पर्कमा नआएको बताइएको हो ।

यता आकृति नेपालीका दाइ सतिश नेपाली आफू हरुले खोजी कार्य गरीरहेको र प्रहरी कार्यलय तुलसीपुरलाई पनि खोजी कार्य गरीदिन निवेदन पेश गरेको बताउदै सम्पुर्णलाई खोजी कार्य गरिदिन अपिल गरेका छन । उता प्रहरी कार्यलयले तुलसीपुरले पनि हराइएका बालिका हरुको खोजी कार्य भइरहेको बताएको छ ।

सम्पर्क नबर सतिश नेपाली ९८२२९२६२७५

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस