२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

वडा अध्यक्ष भण्डारीको कारले ठक्कर दिदा दुई जना घाइते, एकको अवस्था गम्भीर

दाङ, ७ फागुन । तुलसीपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । मंगलबार दिउसो करिब सवा ३ बजेको समयमा तुलसीपुर वडा नम्बर ६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै दुर्घटना भएको थियो ।

घोराही रोडबाट ६ नम्बर वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र बिपरित दिशाबाट आउँदै गरेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तुलसीपुर ९ बस्ने बर्ष २४ को संजय के.सी घाइते भएका हुन् । घाइते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि लखनउ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले जानकारी दिएका छन । 

प्रहरी निरीक्षक रानाका अनुसार केसीको दुबै हात खुट्टा, टाउको र मुखमा चोट लागेको छ । अर्का घाइते सामान्य उपचार पछि घर फर्किएका छन । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार चालक तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस