२०८३ असोज १७ गते शनिवार | 2026 October 3rd Saturday

बालबालिकालाई पोसिलो आहारा वितरण वितरण

दाङ, १० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका  ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरवैजान एम्बेसीको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहारा वितरण वितरण” कार्यक्रम गरिएको छ ।  पोषिलो खाना वितरण कार्यक्रम अन्तर्गत उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियार अध्यक्षता एवं सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष केसीको प्रमुख आतिथ्यमा शुक्रबार तुलसीपुर ११ का  ३३ जना बालबालिकाहरूलाई पोषिलो खाना वितरण गरिएको हो ।

गत माघ महिनादेखि  समुदायमा सञ्चालन गरिएको पोषण अवस्था अध्ययनको प्रतिवेदन अनुसार ६ महिना देखि २४ महिना भित्रका बच्चाहरूमा ८ प्रतिशतमा मध्यम शीघ्र कुपोषण रहेको पाइएको थियो । सोही तथ्याङ्क लाई आधार मानी ३३ जना बालबालिका लाई यो सामाग्री वितरण गरिएको हो । सेवा प्रतिष्ठान नेपालको पदाधिकारी र कर्मचारीको सहजिकरणमा आमाहरूलाई पोषण परामर्श सँगै हाम्रो खाना र व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको  सञ्चालन जन स्वास्थ्य निरीक्षक  शेर बहादुर बिसीले गरेका थिए, भने वडा स्तरीय प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर ओलीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस