२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

तुलसीपुर महोत्सवमा आज परियार, सापकोटा आउँदै

दाङ, ११ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन् ।

 “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ ।

महोत्सवको फागुन ११गतेको विशेष आकर्षणका रूपमा  चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए । 

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस