२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

महाशिवरात्रीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

दाङ, १४ फागुन । हिन्दुधर्मालम्बीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा तथा घोराही उपमहानगरपालिका वडा नं. ५ को प्राविधिक सहयोग र स्वच्छ नेपाल, महिला मानव अधिकार रक्षक संजाल र सेतो गुराँस बालविकास केन्द्र दाङको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर धारापानीमा सम्पन्न भएको छ । 

महाशिवरात्रीको अवसरमा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको शिव दर्शन तथा पुजनका लागि पुगेका दर्शनार्थी तथा भक्तजनहरुका लक्षित गर्दै स्वास्थ्य शिविर संचालन गरिएको थियो । महाशिवरात्रीको अवसरमा आयोजित मेलामा संचालित शिविरमा ५० बढि दर्शनार्थी तथा भक्तजनहरुले सेवा लिएको स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरी आचार्यले जानकारी दिएका हुन । शिविरमा घोराही उपमहानगरपालिका वडा नं. ५ स्वास्थ्यचौकीका ईन्चार्ज देवराज आचार्य, अनमी डोमा भण्डारी सहितका स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरेका हुन  । 

साथै महाशिवराीको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले नागरिक सहायता कक्ष स्थापना गरी नागरिक सुरक्षा  र सचेतना सहितको नागकि सुरक्षा सेवा प्रदान गरेको छ । जसमा जिल्ला प्रहरी कार्यालय दाङमा सामुदायिक प्रहरी साझेदारी सामुदायिक कार्यक्रम सेवामा खटिएका प्रहरी नायव निरिक्षक तुल बहादुर बि.क. र प्रहरी जवान बिनोद आचार्य सेवा प्रदान गरेका हुन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस