काठमाडौ, १६ फागुन । शुक्रबार बिहानको भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सुख्खा पहिरो खसेको छ । गाउँपालिकाको वडा नम्बर ३ तातोपानीनजिकै पहिरो खसेको वडाध्यक्ष निमासोना शेर्पाले जानकारी दिए । उनकाअनुसार पहिरो उल्लेखनीयरूपमा खसेको छैन । पहिरोबाट भौतिक क्षति पनि भएको छैन ।
‘त्यहाँ बर्खायाममा पनि पहिरो गइरहन्थ्यो । अहिले पनि सानो पहिरो खसेको छ । राति भूकम्पको धक्का ठूलै महसुस गरिएको थियो । अहिलेसम्म क्षतिको जानकारी आएको छैन । हामी पनि बिहानैदेखि विवरणबारे सोधिरहेका छौं,’ उनले भने । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं उपत्यकामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको थियो । त्यस्तै मधेस, कोशी प्रदेशमा पनि भूकम्पको कम्पन महसुस गरिएको थियो । अन्यत्र पनि भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।