२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान सुरू

दाङ, १७ फागुन । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरको आयोजनामा नसर्ने रोगहरूको पहिचानका लागि एक महिने स्वास्थ्य अभियान सुरू भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४, ठुलाखालीस्थित शिव, गणेश, कृष्ण मन्दिरमा सञ्चालन भइरहेको यो अभियान अन्तर्गत ३० वर्षमाथिका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ ।

स्वास्थ्यकर्मी रमेश केसीका अनुसार, अभियानमा निम्न स्वास्थ्य परीक्षणहरू गरिनेछन्:-

– रक्तचाप जाँच

– उचाइ र तौलको आधारमा BMI परीक्षण

– ब्लड सुगर परीक्षण

– पिसाब परीक्षण (मृगौलासम्बन्धी रोगको जाँच)

– स्वास्थ्य सम्बन्धी सम्पूर्ण परामर्श सेवा

         महिना दिनसम्म सञ्चालन हुने यो अभियानले नागरिकहरूको नसर्ने रोगहरूको पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ की वडा सदस्य नारायणी पुन रहनुभएको थियो भने सहजीकरण समाजसेवी कृष्ण खड्का र नन्दलाल पुनले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस