२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

१२ वटा दमकल र ३२२ जना सुरक्षाकर्मी परिचालन, फर्कियो हेलिकप्टर

काठमाडौ, १३ चैत । सुनसरीको इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको ९ तले भवन सेन्ट्रल प्लाजामा आगलागी भएको छ । आगलागी भएको सेन्ट्रल प्लाजाबाट ११ जनाको उद्धार भएको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म ११ जनाको उद्धार भएको हो । नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेर फर्केको छ । अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् ।

विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस