दाङ, १९ चैत । दाङमा सुन र चाँदी चोरी गर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १७ निवासी २२ वर्षिय शरद विश्वकर्मा र चोरी गरेको सुनचाँदी किन्ने घोराही-१४ सैनिकरोडमा रहेको जय मसिह सुनचाँदी उद्योगका संचालक ६५ वर्षिय गुणराज शाक्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गत चैत ६ गते दिउँसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकता टोलका ३८ वर्षिय तेजकुमारी बुढाथोकीको चार आना तौल भएका २ वटा डल्ला, छ आना तौल भएको १ वटा र १ तोला ८ लाल भएको १ वटा डल्ला चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै चाँदीको पाउजु १ जोर र हातमा लगाउने बाला १ जोर पनि चोरी गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार