२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

किशोरीलाई बलात्कार पछि भागेर सल्यान पुगेका युवक पक्राउ

दाङ, २१ चैत । दाङको तुलसीपुरमा एक किशोरी बलात्कार पछि भागेर सल्यान पुगेका एक जना युवक पक्राउ परेका छन् । चैत १९ गते राति ९ बजेतिर एक जना १६ बर्षीया बालिकालाई ललाई फकाई तुलसीपुरस्थित ‘होटेल गेष्ट हाउसमा’ पुर्‍याइ बलात्कार पछि भागेर सल्यान पुगेका २२ बर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरि तुलसीपुर ल्याएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार किशोरी बलात्कार पछि थापा दाङबाट भागेर सल्यानको शारदा नगरपालिका – ७ कुरलमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए ।

थापाको घर सल्यानको शारदा नगरपालिका –७ हो । पछिल्लो समय उनी दाङको तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कमा बस्दै आएका थिए ।

बलात्कार पछि ती किशोरीलाई होटेलमै छोडेर थापा राति भागेका थिए । पीडित किशोरीको जाहेरीका आधारमा थापाको खोजी सुरु भएको थियो । घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक मगरले बताएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस