दाङ, २ बैशाख । बर्दियामा अवस्थित युनिभर्सल एजुकेसनल एकेडेमीले २०८१ साल चैत ३१ गतेका दिन वार्षिकोत्सब मनाउनुका साथै वार्षिक परिक्षाको नतिजा पनि प्रकाशन गरेको छ । विद्यालयका प्रधानाध्यापक तथा बारबर्दिया प्याब्सनका अध्यक्ष राजेश क्षेत्रीको सभापतित्व , बारबर्दिया-९ का वडा अध्यक्ष देबेन्द्र कुमार विष्टको प्रमुख आथित्य एवं प्याब्सनका केन्द्रिय सदस्य श्री एकराज पौडेलको विशिस्ट आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु पनि देखाएका थिए ।
कार्यक्रममा धर्मभक्त मा.वि., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु ढकाल, बसाहा बर्दा गौसला,कतर्नियाका अध्यक्ष संगिता भट्टराई , बारबर्दिया बढ्घर संजालका अध्यक्ष लाल बहादुर चौधरी, समाजसेवी रामकान्त भट्टराई आदिले शुभकामना दिएका थिए भने कार्यक्रममा विद्यालायका कक्षागत प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियोे ।
विद्यालयका प्रधानाध्यापक श्री राजेश क्षेत्रीले नया वर्ष २०८२को शुभकामना दिदै आफ्नो विद्यालयले गरेको शैक्षिक प्रगती र आगामी वर्षको विद्यालयको शैक्षिक योजना पनि प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षिका सपना राई खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण शिक्षक सागर बिश्वकर्माले गरेका थिए ।
