
दाङ, ३ बैशाख । शान्तिनगर गाउँपालिका दाङका अध्यक्ष प्रमोद बस्नेत र Royal Borough of Greenwich बेलायतका मेयर जित राणाभाट बिच भेटघाट भएको छ ।
बेलायत भ्रमणमा रहेका शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र Royal Borough of Greenwich बेलायतका मेयर जित राणाभाट बिच मंगलबार बिशेष भेटघाट भएको हो ।
यतिबेला बेलायत भ्रमणमा रहेका बस्नेतले शान्तिनगर ३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिर लगायत अन्य शान्तिनगरका विकास र पर्यटन स्थलको विषयमा चर्चा गर्दै सुन्दरा मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गरेका थिए ।
यस्तै Royal Borough of Greenwich नगरपालिकाको तर्फबाट पनि मेयर राणाभाटले अध्यक्ष बस्नेतलाई विशेष पिन लगाएर स्वागत गर्दै दुवै नगरपालिका र गाउँपालिकाबीच आगामी समयमा सहकार्य गर्न सकिने सम्भावनाहरू रहेको बताएका हुन ।
अहिले भएको यी दुई प्रमुख बिचरको भेटघाटले दुबै पक्षबीच आपसी सम्बन्ध सुदृढ गर्दै बिकाश र सिस्टममा बथप योगदान पुग्ने अपेक्षा गरिएको छ । यस्तै अध्यक्ष बस्नेतले मेयर राणाभाटलाई शान्तिनगर गाउँपालिकाको भ्रमण गर्न औपचारिक निमन्त्रणासमेत दिएका छन ।