२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

भित्तेपात्रो लोकार्पण तथा बधाई कार्यक्रम सम्पन्न

दाङ, १५ बैशाख । प्रेस सेन्टर नेपाल दाङले २०८२ सालको भित्तेपात्रो लोकार्पण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार संगठनका अध्यक्ष जनक नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले भित्तेपात्रो विमोचन गर्दै आजको जनपक्षीय मिडियाले नयाँ परिस्थितिमा नयाँ रणनीति निर्माण गरेर आगाडि बढ्नु पर्ने बताएका हुन । 

हिजो जनयुद्ध मार्फत भएको जनविद्रोहको समयमा जनताको आफ्नो शक्ति भन्नु जनताको सेना थियो भने आजको दुनियाँमा त्यसको मूल भूमिका प्रेस सेन्टरले निर्वाह गर्नुपर्ने अवस्था रहेको बताएका हुन ।

यस्तै उनले आज फेरि केही राजनीतिक दल, समूह र व्यक्तिहरू राजतन्त्रको पुनः स्थापनाको आवाज उठाइरहेको बताएका हुन । नेपालमा राजतन्त्रको पुनः स्थापनाको सम्भावना पूर्णतः असान्दर्भिक भइसकेको भन्दै राजतन्त्रको पक्षमा उठाइने धेरैजसो तर्कहरू तथ्यहीन, भ्रान्तिपूर्ण वा इतिहासको अपूर्ण विश्लेषणमा आधारित रहेको बताएका हुन ।

यस्तै, विशिष्ठ अतिथी प्रेस सेन्टर नेपालका संस्थापक तथा विर्तमान उपाध्यक्ष अजयदिप शर्माले आजको शान्ति काल र हिजोको युद्धको समय भन्दा केही फरक भए पनि क्रान्तिकारी पत्रकारहरूको दायित्व र भूमिका भने हिजो भन्दा आज झनै बढेको बताएका हुन ।

यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले निमुखा जनताको प्रिय सञ्चार सङ्गठन बन्न प्रेस सेन्टरले आफूलाई समय सापेक्ष थप सशक्त र प्रभावकारी बनाउन जरुरी रहेको बताएका हुन । प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण विरासतलाई बढाउने भूमिका खेल्नु पर्ने उनको तर्क थियो ।

यस्तै, कार्यक्रममा प्रेस सेन्टरका नेता तथा नेपाल पत्रकार महासंघका निवर्तमा केन्द्रिय उपाध्यक्ष उदय जिएम, वर्तमान उपमहासचिव लक्ष्मी आचार्य, पे्रस सेन्टर नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र प्रकाश ओलीले जनताले विश्वास गर्ने सङ्गठन बन्न हामीले गर्ने पत्रकारिता जनतातर्फ फर्केको, श्रमप्रति सम्मान बढाउने, पारदर्शी हुनुपर्ने बताएका हुन ।

यस्तै नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका महासचिव एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जनताले प्रेस सेन्टरबाट न्याय र समानताको आस गरेको बताएका हुन । उनले सङ्गठन सधैँ जनताको सवालमा कलम चलाउँदैे सङ्गठनलाई थप मजबुद बनाउन आग्रह गरेका हुन ।

निर्वाचित पत्रकारहरुलाई बधाई तथा सम्मान

प्रेस सेन्टर नेपाल दाङले भित्तेपात्रो लोकार्पणसंगै दाङबाट नेतृत्व गर्दै केन्द्रीय र प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा कार्य समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो । 

भैरखरै सम्पन्न केन्द्रीय महाधिवेशनबाट उपमहासचिव पदमा निर्वाचित लक्ष्मी आचार्य, केन्द्रिय लेखा आयोगका सदस्य प्रकाश चौधरी, अनुशासन आयोगका सदस्य राकेश बस्नेतलाई बधाई तथा सम्मान गरिएको हो ।

यस्तै, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भुपेन्द्र प्रकाश ओली, सचवमा निर्वाचत अनिता पोख्रेललाई पनि बधाई तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस