
दाङ, १८ बैशाख । राप्ती राजमार्ग अन्तर्गत दाङ – सल्यान सडक खण्डकाे साततलेमा अटाे दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । आज विहिवार साढे पाँच बजेको समयमा तुलसीपुर उपाहानगरपालिका वडा नं. ३ सात तलेबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२-००१ ह ८८८ नं. को अटो आफै अनियन्त्रित भई पल्टिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता सुर्य रानाले जानकारी दिएका हुन । घाइते हुनेमा अटोमा सवार तुलसीपुर ५ बस्ने १९ बर्षीय सुवास परियार, साेहि ठाउँका २५बर्षीय डिल्ली बिष्ट र बबई गा.पा.२ बस्ने ब १९ बर्षीय भिमसेन परियार रहेकाे प्रहरी निरीक्षक रानाले बताएका हुन ।
घाइतेहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । परियारकाे मुख, टाउको र छाँतीमा चोट लागेकाे अवस्था मध्यम रहेकाे, बिष्टकाे बाँया हातमा चोट लागकाे अवस्था सामान्य रहेकाे र भिमसेनकाे टाउको र छाँतिमा चोट लागेकाे अबस्था मध्यम रहेकाे प्रहरी निरीक्षक रानाले बताएका हुन । अटो चालक दंगिशरण गा.पा. २ बस्ने बर्ष २३ को पुर्ण के.सी.लाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।