२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

दाङमा एक विद्यार्थीले गरे शिक्षकमाथी खुडा प्रहार

दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी श्रेष्ठमाथी खुडा प्रहार गरेका हुन् । खुडा प्रहारबाट श्रेष्ठको बाया कुम र दुबै हातको पाखुरामा गहिरो चोट लागेको छ ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी अन्यन्त्र रिफर गरिएको छ । यता हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसीले आफु बाहिर भएकाले यसबारे विस्तृत रुपमा बुझ्न नपाएको बताएका छन ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस