२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

शिक्षकलाई खुँडा हान्ने बिद्यार्थी बयान… आँफुलाई कुटेको बदला लिन खुँडा हानेको  हु !

दाङ, २१ बैशाख । दाङको तुलसीपुर उपमहागनरपालिका –६ रजौरास्थित हिमाल एकाडेमी भित्रै शिक्षक माथि खुँडा प्रहार पछि फरार रहेका बिद्यार्थी पक्राउ परेका छन् । 

गत शुक्रबार बिहान सवा ९ बजेतिर  सोही बिद्यालयमा कक्षा १२ मा अध्यनर २१ बर्षीय बिद्यार्थी सुरेश बिकले ३७ बर्षीय शिक्षक बिषेश श्रेष्ठमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहार पछि फरार रहँदै आएका बि.कलाई प्रहरीले शनिबार राति पौने ९ बजेतिर तुलसीपुर – ४ को हलवार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार बिद्यार्थी बिक तुलसीपुर – ४ रक्षाचौरका हुन भने शिक्षक बिद्यालय भएकै गाँउ तुलसीपुर – ६ रजौराका हुन । 

बि.कले आँफु अध्यनरत प्लस टूका कोर्डिनेटर समेत रहेका शिक्षक श्रेष्ठमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए । खुँडा प्रहार बाट शिक्षक श्रेष्ठको घाँटी, हात लगाएत शरिरका बिभिन्न भागमा घाउ खत लागेको थियो । हाल शिक्षक श्रेष्ठ उपचार पछि डिस्चार्ज भइ स्वास्थ्य लाभ लिइ रहेका छन् । 

पक्राउ परेका बि.कले गत फागु पूर्णिमाको दिनमा अनाहकमा शिक्षक श्रेष्ठले आँफु माथि बिद्यालयमै कुटपिट गरेको र त्यो कुटपिट पछि आँफुले एउटा कान सुन्न छोडेको हुँदा त्यसको बदला लिन खुँडा प्रहार गरेको बयान दिएका छन् । 

बिद्यालय भित्रै आँफैले पढाउने शिक्षक माथि खुँडा प्रहार गरि फरार पछि पक्राउ परेका बि.कले आइतबार देखि सुरु भएको कक्षा १२ को परीक्षा भने दिन नपाउने भएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस