२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

निर्मल परियार र माया शेर्पन्जा मगरको नयाँ सांगीतिक कोसेली  माछी खोलीमा सार्वजनिक

दाङ, १६ जेठ । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका  निर्मल परियार र माया शेर्पन्जा मगर को नयाँ सांगीतिक कोसेली माछी खोलीमा    सार्वजनिक गरिएको छ ।  

डिएन जि स्टुडियो  नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा निर्मल परियार र माया शेर्पन्जा मगर को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ सन्तोष सुनाम ले गरेका हुन् यस गीतमा सन्तोष सुनाम को शब्द संगीत रहेको छ ।

दाङमा छायांकन गरेको यो गीत मा बालाराम कालाथोकी  मनिषा शर्मा थम्मन भण्डारी डीआर योगी  खुमराज सोनिका कल्पना लगायतकाे अभिनय रहेको छ भने गीतमा निर्देशन    कोरियोग्राफी सम्पादन र कलरको काम किरण लामिछाने ले गरेका छन् । भने पोस्ट प्रोडक्सन डिएन जि स्टुडियोले गरेको छ । यस गीत मा मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस