
दाङ, २३ जेठ । सल्यान शारदा नगरपालिका वडा न १२ तिमिलेको एक विपन्न परिवारका लागी समाजसेवी सुरज वलीको परिवार बाट ठुलो मात्रामा आर्थिक सहयोग आएको छ ।
दुबै मृगौला फेलभै २०८२/०२/०२ गते मृत्यु भएका स्वा. शुकलाल बुढाथोकीको साना दुई छोराहरुको पालन पोषणको लागी सुरज वली र उनकी श्रीमती पेरीक्षा चन्द (वली)को तर्फबाट रु. ३३,३३३.३३(तेत्तीस हजार तिन सय तेत्तीस रुपैयाँ तेत्तीस पैसा) सहयोग गरेका हुन ।
परिवर्तनशिल युवा समुहले जेठ ४ गते देखी जेठ २२ गते सम्म संचालन गरेको सहयोग अभियानको आज अन्तिम दिनमा मात्रै ४३,५०० बढी सहयोग आएको र सम्पूर्ण विवरण बैंक statement सहित केहि दिनमा सार्वजनिक गर्ने अभियानका संयोजक ओम प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शुक्रवार