२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

‘क्यानडा–अमेरिका’ तीज गीत सार्वजनिक

काठमाडौ, ३० असार । तीजको अवसरमा तयार पारिएको नयाँ तीज गीत ‘क्यानडा – अमेरिका ‘ सार्वजनिक गरिएको छ । उक्त गीत गायक तिलक वलिको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गितमा गायिका शान्तिश्री परियार, तिलक वलि र खेम वलिको स्वर रहेको छ । भने शब्द, लय र संगित संयोजन तिलक ओलीकै रहेको छ ।

निशान बानियाँले निर्देशन गरेको भिडियोको छायांकन भने दावा बल लामाले गरेका छन् । भिडियो सम्पादन दिपक विष्टको रहेको छ । भने उक्त म्युजिक भिडियोमा चिरञ्जीवी डाङ्गी र जुनु एसडिको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस