२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

इगल खबरले सातबासका बिद्यार्थीलाई बाँड्यो शैक्षिक सामाग्री

दाङ, ३ साउन । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबर’ले दाङ तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ३० वटा झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी निशुल्क प्रदान गरिएको हो । ‘एच. आर. मिडिया हाउस प्रा.लि’ अन्तर्गत सञ्चालित ‘इगल खबर’का सञ्चालक एच. आर. मगरका अनुसार झन्डै ३० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो ।

उनका अनुसार आवश्यक सामग्री खरिदका लागि गोलोवल ओरेन्स नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा सामाग्री खरिद गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बिकट सातबासमा पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु समाजप्रतिको जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण भएको बताए ।

त्यस्तै, वडा सदस्य राजेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पनि ‘इगल खबर’को यो सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर गुरुङले विद्यालयमा हाल ४१ जना विद्यार्थी नाम लेखाएका भए पनि नियमित उपस्थिति करिब ३० जनाको मात्र हुने जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस