दाङ, ८ असोज । केहि समय अगाडि दुर्भाग्यपूर्ण दुर्घटनामा ज्यान गुमाएका सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका–१ कालापोखरा निवासी स्व.भरत वलीको परिवारलाई नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

हिजो १३ औं पुण्य तिथिका दिन संघका केन्द्रीय महासचिव डिल्ली राज खड्काको नेतृत्वमा गएको विशेष टोलिले वलीको परिवारलाई रु १,४३,९७९ (एक लाख ४३ हजार ९७९) को चेक हस्तान्तरण गरेको हो ।

स्व. भरत वली अपरेटरसँगमा आबद्ध भई अपरेटरको हैसियतमा काम गर्दै गर्दा अकस्मात दुर्घटनाको कारण निधन भएका थियो । हिजो तेह्रौँ पुण्य तिथिको श्रद्धाञ्जली सभामा बोल्दै महासचिव खड्काले अपरेटरहरूको जीवन सुरक्षा र भविष्य सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको बताए । उनले भने:
“हामी भरत वलीजस्ता समर्पित अपरेटरहरूका योगदानलाई कहिल्यै बिर्सन सक्दैनौं । यो सहयोग शोकसन्तप्त परिवारप्रति हाम्रो सानो प्रयास भएको बताए ।”
यस्तै संघले नाबालक २ छोराको भविष्यको लागि आर्थिक सहयोग अभियान संचालन गरिरहेको र यो अभियानलाई असोज २५ गतेसम्म निरन्तरता दिने समेत खड्काले बताएका थिए भने २ छोरालाई कक्षा १० सम्मको पठनपाठनको व्यवस्था समेत संघले गर्दिन पहल गरेको समेत बताएका हुन् !
यस्तै महासचिव खड्काले देश भर्का अपरेटर हरु अपरेटर संघमा आवद्ध भै अनिवार्य बिमा गर्नको लागी आह्वान गर्नु भएको छ स्व.भरत वलीको बिमा नभएकै कारण आज बिमा नहुदा आर्थिक संकलनको बाटो अपनाउनु भरेको समेत बताउदै अपरेटर हरुले जोखिम पुर्ण काम गर्नु पर्ने भएको हुदा बिमा अनिवार्य बनाउन आग्रह गरेका हुन् ।
नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघ सल्यान जिल्ला अध्यक्ष एकराज भण्डारीको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जली सभामा पूर्व केन्द्रीय अध्यक्ष लोकमान खत्री लुम्बिनी प्रदेश संयोजक टिका खत्री पुर्व केन्द्रीय महासचिव रेशम डाँगी पुर्व प्रदेश नम्बर १ का संयोजक खुम बहादुर वली तथा समाजसेवी देव केसी लगायतले मन्तव्य राख्दै भरत एक अपरेटर्स मात्र नभई सामाजिक व्यक्ति समेत भएको बताउदै वली प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उक्त श्रद्धाञ्जली सभा कार्यक्रम संचालक पत्रकार केवी वलीले गरेका थिए । उक्त श्रद्धाञ्जली सभामा विभिन्न अपरेटरहरू घर परिवार सँगै गाउँ छिमेकीहरूको बाक्लो उपस्थित रहेको थियो ।