२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

खर्क बहादुर बुढाद्वारा सांस्कृतिक पुरस्कार प्रदान

सल्यान, १७ असोज । स्थानीय कला, संस्कृति क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका चन्द्र बहादुर वली लाई यस वर्षको सांस्कृतिक पुरस्कार  प्रदान गरिएको छ । 

खर्क बहादुर बुढा र लीलापती बुद्राद्धारा स्थापित माता अमली बुढा र पिता रण बहादुर बुढाका नाममा सास्कृतिक पुरस्कार रज २०८२ द्वारा चन्द्र बहादुर वली लाई एक कार्यक्रमका बिच समान संगै सांस्कृतिक पुरस्कार  प्रदान गरिएको हो ।

माता लक्ष्मी वली र पिता केशु वलीको पुत्रको रूपमा २००७ मंसिर १० गते त्रिवेणी गाउँपालिका वडा नं ३ थक्लेनिमा जन्मिएका चन्द्र बहादुरले बिगत लामा समयदेखि सोरठी नाचको गुरु‌को रूपमा आफ्‌नो कलालाई प्रस्तुत गर्दै आएका थिए र अहिले ति पुराना संस्कृतिहरू लोब हुनबाट बचाउनको निम्ति उनले संरक्षणको रुपमा पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यसको बर्षको सांस्कृतिक सम्मान पुरस्कारले प्रदान गरिएको `रअ´पुरस्कार समितिका संरक्षक तथा राष्ट्रिय कलाकार खर्क बहादुर बुढाले बताएका हुन ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण देव डाँगी (कमल)ले विगत लामो समयदेखि परम्परागत रूपमा चल्दै आएको “संस्कृति हाम्रो पहिचान रहेको बताउदै यसलाई जगेर्ना गर्ने दायित्व सबैको रहेको बताए । 

यस्तै उनले हाम्रा पुरानो संस्कार संस्कृतिहरूलाई  बचाउन स्थानीय रूपमा मात्र नभई राष्ट्रिय रूपमा निरन्तर लागिरहनु भएका  खर्क बहादुर बुढा जस्ता व्यक्तिले हाम्रा अग्रज हरुलाई सम्मान गर्ने यस्तो महान कार्यले समाजमा हुने अथवा गरिने यस्ता पुराना संस्कार संस्कृतिहरूलाई जोगाउन संगै नयाँ पुस्तालाई यस्ता परम्परागत संस्कृतिमा जोडीन ठुलो राहत मिल्ने भन्दै वडाको तर्फबाट धन्यवाद व्यक्त गर्दै वडा सरकारबाट हुने र गर्ने सकिने हरेक क्रियाकलापमा आफू सधैँ साथमा रहेको प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । 

बिगत तीन वर्षदेखि निरन्तर चल्दै आइरहेको यो सांस्कृतिक पुरस्कार विजया दशमी अथवा दशैको टिकाको दिन त्रिवेणी गाउँपालिका वडा नम्बर ३ पिमखोलामा सांस्कृतिक कार्यक्रम संगै सम्मान कार्यक्रममा गर्ने गरीन्छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस