२०८२ चैत्र २० गते शुक्रवार | 2026 April 3rd Friday

महोत्सवमा सातौँ दिन उर्लियो जनसागर

दाङ, १० पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज दर्शकहरूको थामिनसक्नु भिड लागेको छ । महोत्सवको सातौँ दिन आज गाउँ–गाउँबाट हजारौँको संख्यामा दर्शकहरू ओइरिएपछि महोत्सवस्थल खचाखच भरिएको हो ।

महोत्सवमा आज दर्शकको उपस्थिति अहिलेसम्मकै उच्च देखिएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताएका हुन । संयोजक केसीले महोत्सवले अपेक्षा गरेभन्दा बढी सफलता पाउँदै गएको बताएका हुन ।  

दर्शकको अत्याधिक चाप देखिएपछि व्यापार व्यवसायमा पनि उल्लेख्य वृद्धि भएको छ । दर्शकको चाप बढेसँगै महोत्सवस्थलमा खुट्टा राख्ने ठाउँसमेत थिएन । महोत्सवको सांस्कृतिक मञ्चतर्फ चर्चित लोकदोहोरी गायक खुमन अधिकारीको प्रस्तुतिले दर्शकहरूलाई झनै रौनताका देखिएको थियो ।  

अधिकारीले आफ्ना दर्जनौँ चर्चित गीतहरू गाउँदा दर्शकहरू नाचेर साथ दिएका थिए । महोत्सवका विभिन्न स्टलहरूमा ग्राहकको भिड लागेको छ भने जलपरीदेखि लण्डन ब्रिजमा फोटो खिच्ने र भिडियो बनाउनेको भिड अत्याधिक भिड देखिएको छ । बाल उद्यान र पिङहरूमा बालबालिका तथा युवाहरूको विशेष आकर्षण देखिएको छ ।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस