दाङ, १५ पुस । पुसको कठ्यांग्रिदो चिसोबीच तुलसीपुरका ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । पत्रकार तथा समाजसेवी दिपक वलीको सक्रियतामा मंगलबार कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
आफ्नो फेसबुक पेजमा ५० हजार फलोअर्स पुगेको अवसरमा प्राप्त रकम तथा विष्णु वली पुन र राजकुमार वलीले जन्मदिनको अवसरमा उपलब्ध गराएको सहयोगबाट उक्त सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवं पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले सामाजिक सञ्जाललाई समाजसेवामा जोड्नु प्रेरणादायी कार्य भएको भन्दै वलीको प्रशंसा गरेका थिए ।
उज्यालो नेटवर्क एण्ड मल्टीमिडिया प्रालिका सञ्चालक समेत रहेका वली यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए ।
प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार